

भारतमा एकैदिन हजार भन्दा बढीको मृत्यु, संक्रमित संख्या २२ लाख नाघ्यो

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा नयाँ कोरोना संक्रमित र मृतकको संख्या विश्वमै सबैभन्दा धेरै देखिएको छ । गत २४ घन्टामा भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हजार नाघेको छ ।
भारतमा गत २४ घन्टामा ६२ हजार १ सय १७ नयाँ संक्रमित देखिएका छन् भने १ हजार १३ जनाले ज्यान गुमाएका छन् । जुन संख्या विश्वका अन्य मुलुकको तुलनामा सबैभन्दा धेरै हो ।
पछिल्लो तथ्यांकअनुसार भारतमा हालसम्म २२ लाख १४ हजार १ सय ३७ जना संक्रमित पुगेका छन् भने ४४ हजार ४ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घन्टामा २ लाख १२ हजार १ सय १२ जना नयाँ संक्रमित थपिएसँगै विश्वमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ९ हजार ६१ पुगेको छ ।
हालसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १ करोड २८ लाख ८६ हजार ९ सय १७ पुगेको छ ।