

महाधिवेशन पूर्वसन्ध्यामा कांग्रेसका १० विभाग नेतृत्वको टुंगो

काठमाडौं । महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका विभिन्न १० वटा विभागका प्रमुखको टुंगो लगाएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाविधेशनको आचारसंहितासमेत उल्लंघन हुने गरी विभागका प्रमुखहरू नियुक्त नगर्न ध्यानाकर्षण गराए पनि सभापति देउवाले विभिन्न १० विभागको नेतृत्व नियुक्त गरेका हुन् ।
देउवाले संगठन विभागको जिम्मा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई दिएका छन् भने हरिप्रसाद नेपाललाई शिक्षा विभागको प्रमुख नियुक्त गरेका हुन् ।
यस्तै महेन्द्र यादवलाई यातायात समन्वय विभाग, फर्मुल्लाह मन्सुरलाई मुस्लिम विभाग, तराई मधेश समन्वय विभागको नेतृत्वमा अजयकुरमा चौरसियालाई नियुक्त गरिएको छ ।
संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, वन वतावरण विभागमा अम्बिका बस्नेत, वित्तिय तथा सहकारी समन्वय विभागमा आनन्द ढुंगाना, स्थानीय तह समन्वय विभागमा अर्जुन जोशी र वीरबहादुर वलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिइएको छ ।