

नेपालमा एकैदिन ४ सय ९९ कोरोनामुक्त, नयाँ संक्रमित ३ सय ७८

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ सय ९९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ भने १६ हजार ३ सय १३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् । आजको दिनमा ६ हजार २ सय ६ जना कोरोना संक्रमित रहेको पनि बताए । उनका अनुसार हालसम्म नेपालमा ४ लाख ३५ हजार २ सय ८९ को पीसीआर परिक्षण गरिएको छ ।
गत २४ घन्टामा ४९९ जना डिस्चार्ज भएसँगै हालसम्म नेपालमा १६ हजार ३ सय १३ जना कोरोना संक्रमण मुक्त भएको पनि उनले बताए ।