

एनआईबिएल एस क्यापिटलको विशेष योजना, निःशुल्क डिम्याट खाता खोल्न पाइने

काठमाडौं – एनआईबिएल एस क्यापिटलमा अब हितग्राही खाता (डिम्याट अकाउन्ट) निःशुल्क खोल्न सकिने भएको छ । संस्थाले आफ्ना ग्राहकका लागि यो विशेष योजना ल्याएको छ । योजनाअनुसार एनआईबिएल एस क्यापिटलमा हितग्राही खाता (डिम्याट अकाउन्ट) पैसा तिर्न पर्दैन् ।
संस्थाले साउन २० गतेबाट हितग्राही खाता खोल्ने ग्राहकलाई गोलाप्रथाद्वारा मासिक रुपमा १० जना भाग्यशाली विजेतालाई नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबीएल सहभागिता फण्ड’ को १०० इकाइ उपहार दिने भएको छ । क्यापिटलका अनुसार यो योजना आउँदो कात्तिक २० सम्मका लागि लागू हुनेछ ।
संस्थाको अनुसार एनआईबिएल एस क्यापिटलले आफ्नो सेवा प्रवाहलाई झन्झहटरहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता खोल्न तथा मेरो सेयर दर्ता विद्युतीय प्रणाली (अनलाइन) मार्फत सहज रुपमा गरिरहेकोे छ ।