

ताेलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैँछ कारेबार ?

काठमाडौं – सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा कारेबार भएको सुनको भाउ आज ९१ हजार ५ सय रुपैयाँमा झरेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । यसले गर्दा सुनको भाउ फेरि पनि घटबढ हुन सक्ने अनुमान छ ।
यसैबीच, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा आज १२ सय ६५ रुपैयाँ छ ।