

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं – नेपाली बजारमा सुनको भाउ आज (शुक्रवार) तोलामा ५ सय रुपैयाँले बढेको छ ।
हिजो तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको पनि भाउ आज बढेको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।