

अफगानिस्तानमा बाढी: ६० जनाको गयो ज्यान, कयौं बेपत्ता

काठमाडौं – अफगानिस्तानमा बाढीमा परि ६० जनाको ज्यान गएको छ । कयौं हराइरहेका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ ।
बाढीका कारण कयौं घर भत्किएका छन् । विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप अरु जानकारी आएको छैन ।
बाढीमा हराएकाहरुको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताले बताएका खबरमा उल्लेख गरिएको छ ।
दुर्गम भएका कारण बाढीग्रस्त क्षेत्रमा राहत सामग्री पुर्याउन चुनौती रहेको अफगानिस्तानका सरकारी अधिकारीहरुले बताएका छन् ।