

अमेरिकामा ८ दशमलब २ म्याग्निच्युडको महाभूकम्प

वासिङ्टन – अमेरिकाको अलस्का राज्यमा ८ दशमलब २ म्याग्निच्युडको महाभूकम्प गएको छ ।
अलस्काको अलस्कान पेनिनसुला टापु क्षेत्रमा स्थानीय समयअनुसार बुधबार राति ९ देखि १० बजेको बिचमा महाभूकम्प गएको अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण केन्द्रले जनाएको छ । यो भूकम्प बाक्लो मानववस्ती भएको पियरी भिल्लेदेखि ५६ माइल टाढा गएको बताइएको छ ।
यससँगै दक्षिणी अलस्का र अलस्कान पेनिनसुलामा सुनामीको खतरा बढेको छ । तीन घण्टाको अन्तरालमा ठूला सुनामी आउनसक्ने चेतावनी दिइएको छ, सतर्क भएर बस्न आग्रह गरिएको छ । हिन्दुस्तान टाइम्स