

सल्लाघारी केन्द्रबिन्दु बन्दै भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु बनाएर भूकम्पको जनाइएको छ । भूकम्पको धक्का गोरखा भूकम्पकै पराकम्प भएको पनि जनाइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो ।