

८० ठाउँमा लागेकाे डढेलोबाट अमेरिकामा १६० वटा भौतिक संरचना नष्ट

काठमाडौं – अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोका कारण लाखौं हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित १६० वटा भौतिक संरचना नष्ट भएका छन् ।
अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो लागेको त्यहाँका सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डढेलोका कारण त्यहाँका हजारौं नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
गएको ६ तारिखदेखि लागेको आगो थप फैलिदै गइरहेको खबरमा उल्लेख गरिएको छ । तीव्र गतिमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको छ । डढेलो नियन्त्रणका लागि दिन रात खटिएको अग्नि नियन्त्रकले बताएका छन् ।