

काठमाडौंमा मात्र थप ५७ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा मात्र ५७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् । काठमाडौंमा मात्र ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको उनले जनाए ।
गौतमका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका २७ जनामा पोजेटिभ देखिएको छ । त्यस्तैगरी शुक्रराज ट्रपिकलमा ललितपुर १, काठमाडौं १४ जनामा पोजेटिभ देखिएको छ ।
त्यस्तै टिचिङ अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ११ जनामा पोजेटिभ देखिएको छ त्यस्तै गरी बीआईडीएट ल्याबमा काठमाडौंका १, स्टार हस्पिटलमा काठमाडौंका १, ललितपुरका २ र पाटन अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका २, काठमाडौंका २ जनामा कोरोना पोजेटिभ देखिएको गौतमले जनाए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ३८१ जना संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या २१ हजार तीन सय ९० पुगेका छन् । त्यस्तै हालसम्म ६० जनाको कोरोनाका कारण मृत्यु भएको पनि गौतमले जनाए ।