

सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ४० घाइते

ढाका – बङ्गलादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन् । देशको मिथापुकुर उपाजिला अन्तर्गत पर्ने रङ्गपुरमा आइतबार दुई यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको हो ।
स्थानीय समयअनुसार विहान ८ बजे एउटा बसका चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । एजेन्सी