

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
दिउँसो २ बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको आसन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने बताईन्छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको छ ।