नेल्लोरमा रियल हिराे सोनुको पूजा



मुम्बई – भारतको नेल्लोरका स्थानीयले सोनु सुदलाई पूजा गरेका छन्। बलिउडका अब्बल कलाकार सुदले नेल्लोरमा अक्सिजन प्लान्ट बनाएका कारण उनलाई भगवान् जस्तै गरी पूजा गरेका हुन्।

कोरोना समयमा उनले गरेको सहयोगको जताततै चर्चा चलिरहेको छ। आन्ध्र प्रदेशको नेल्लोरमा पहिलो अक्सिजन प्लान्ट लगाएर उनले जनमानसमा पपुलर भएका छन्।

सिलिन्डरले भरिएका ट्रकहरूमा सुदको फोटो टाँसिएको थियो। उनको फोटोमा आरति गर्दै स्थानीयले पूजाआजा गरेका थिए। उनको जयजयकारका साथै देशभक्तिको नारा लगाउँदै जनमानसले सुदमाथि सम्मान प्रकट गरेका थिए।

सोनु सुदले त्यसको भिडियो सामाजिक सञ्जालमा पनि राखेका छन्। त्यहाँ उनले ‘अक्सिजन प्लान्टको स्वागतका लागि धन्यवाद नेल्लोर। यी अक्सिजनले धेरैको ज्यान जोगाउनेछ भन्ने आशा गरेको छु।’ लेखेका छन्। पछिल्ला दिनमा उनले कोरोना बिरामीको मात्रै होइन, गरिबहरूका लागि पनि सहयोग गर्दै आइरहेका छन्।