

एभरेस्ट प्रिमियर लिगलाई आईसीसीको स्वीकृति

काठमाडौं – आगामी असोजमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० को चौथो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति दिएको छ ।
ईपीएलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्र्दै सोको जानकारी दिएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिता यसअघि चैत १ देखि १५ गतेदेखि आयोजना गर्ने तय भएको थियो । कोरोनाको कारण प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुने भएको हो ।
यस संस्करणको ईपीएलमा पोखरा राइनोजले वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई अनुबन्ध गरेको थियो । तर, अहिले कोरोनाको कारणले गर्दा उनी आउने नआउने भने कुनै जानकारी गरिएको छैन ।