

चीनमा ग्यास पाइप लाइन बिस्फोट, १२ जनाको मृत्यु, ३९ घाइते

हुबेइ – चीनमा ग्यास पाइप लाइन बिस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।
हुबेइ प्रान्तको शियान शहरको बस्ती नजिकै आइतबार भएको उक्त ग्यास पाइप लाइन बिस्फोट परेर अन्य ३९ जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भिर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाको कारणबारे पत्ता लागि नसकेको र उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । यसअघि उक्त क्षेत्रमा सन् २०१३ मा भएको यस्तै प्रकारको बिस्फोटमा ५५ जनाको ज्यान गएको थियो ।