पूर्वप्रधानमन्त्री झलनाथ नर्भिकमा भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका झलनाथ खनाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमणमुक्त भएपछि घरमा नै आराम गरिरहेका खनालको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि सोमबार बिहान थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

खनाललाई करिब एक महिनाअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए।

उनको अहिले स्वास्थ्य सुधारोन्मुख रहेको उनको उपचारमा खटिएका चिकित्सकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *