

इजरायलविरुद्व पोर्चुगलकाे फराकिलाे गोल अन्तर

काठमाडौं – ब्रुनो फर्नान्डेजले दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोका लागि एक गोलको अवसर पनि सिर्जना गरेपछि पोर्चुगलले बुधबार इजरायलमाथि ४–० जित निकालेको छ ।
युरो २०२० अगाडि डिफेन्डिङ च्याम्पियनको यो अन्तिम मैत्रीपूर्ण खेल हो । पोर्चुगलका लागि एक अर्को गोल जाओ कानसेलोले खेलको अन्त्यतिर गरे ।
पोर्चुगलले मंगलबार युरो २०२० को आफ्नो पहिलो खेलमा हंगेरीको सामना गर्दैछ । बुधबारको अर्को मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई समान ४–० ले हराएको छ ।