

‘कोरोना देवी’ को पूजा

तामिलनाडु – भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’ का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ ।
भारतमा कोरोना भाइरसका कारण बिहीबारसम्म ३ लाख १५ हजारको ज्यान गइसकेको छ भने २ करोड ७३ लाख संक्रमित बनेका छन् ।
तामिलनाडुको कोयम्बटोरमा रहेको कामतचिपुरी अधिनाम मन्दिर महामारीका कारण बन्द गरिएको छ । तर, मन्दिरका पुजारीले एउटा चन्दनको काठबाट र अर्को ढुंगाबाट बनाइएका ‘कोरोना देवी’ का मूर्तिलाई पूजा गरिरहेका छन्।
उनीहरुले विभिन्न मन्त्र उच्चारणसहित ती मूर्तिमा दैनिक प्रसाद चढाउने र मूर्तिलाई बेसार पानी र दूधले नुहाइदिने पनि गरेका छन् । नागरिक दैनिक