

संसद् विघटन नेपालको आन्तरिक मामिला: भारत

काठमाडौं – नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर भारतको चलखेल रहेको विश्लेषण आइरहेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ‘नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो’ भनेको छ ।
‘हामीलाई लाग्छ कि अहिले देखिएको राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला हो, यसलाई उनीहरूले आन्तरिक रूपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ विज्ञप्तिमार्फत भनिएको छ, ‘एउटा छिमेकी र साथीको नाताले भारतले नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति र स्थायित्वका लागि अटुट रूपमा सहयोग गरिरहन्छ ।’
भारतले अहिले देखिएको समस्या नेपाल आफैंले समाधान गर्नुपर्नेमा समेत जोड दिएको छ । नेपालको आन्तरिम मामिला नियाल्नेबाहेक कुनै पनि हस्तक्षेपकारी भूमिका नगर्ने उसले प्रस्ट पारेको छ ।
राजनीतिक घटनाक्रम हुनुअघि भारतको सैन्य प्रमुख र गप्तचर विभाग प्रमुख आएपछि नेपालको राजनीतिमा उथलपुथलपूर्ण अवस्था आएको भन्दै टीकाटिप्पणी हुन थालेपछि भारतले आफ्नो धारणा राखेको हो । राजधानी दैनिक