

दुई सय रुपैयाँ घट्यो सुनको भाउ, तोलाकाे कति ?

काठमाडाैं – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ । दुई सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको ९३ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।