

आपतकालीन अवस्थामा पनि टोकियो ओलम्पिक हुने

टाेकियाे – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ। आइओसीका शीर्ष पदाधिकारीले टोकियोमा आपतकालीन घोषणा भए पनि ओलम्पिक नरोकिने बताएका हुन् ।
टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताएका छन् । जापानका ७० प्रतिशत नागरिकले भने कोरोना महामारीका कारण ओलम्पिक रद्द हुनुपर्ने बताएका छन् ।
कोभिडका कारण एक वर्ष स्थगित भइसकेको प्रतियोगिता आउँदो जुलाई २३ तारिखदेखि अगष्ट ६ तारिखसम्म हुँदैछ । कोरोनाको जोखिम बढेपछि जापानको राजधानीमा मे ३१ तारिखसम्म आपतकालीन अवस्था लागू गरिएको छ ।