

होम आइसोलेसनमा बसेका काेराेना संक्रमितले गरे आत्महत्या

बाँके – बाँकेको कोहलपुर–९ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् । होम आइसोलसनमा बसेका ६० वर्षीय पुरुषले शनिबार साझ आफ्नै घरमा आत्महत्या गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) जानकारी दिएको छ ।
डिसिसिएमसी बाँकेमा फोकल पर्सन तेजबहादुर वलीका अनुसार ती युवामा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा वैशाख ३ गते गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्यवस्था सामान्य रहेको रहेकाले होम आइसोलसनमा बसेका बसेका थिए ।
त्यसैगरी भेरी अस्पतालमा उपचाररत ६० वर्षीय अर्का पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी उनी वैशाख १ गते भेरी अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति निधन भएको डिसिसिएमसी बाँकेले जनाएको छ । योसँगै बाँकेमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।