कमेडी च्याम्पियनका प्रतियोगीसहित निर्मात्री केकी अधिकारीलाई पनि कोरोना

काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा बसेको जनाइएको छ ।

उनको हाल स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ ।

त्यस्तै उनी निर्मात्री रहेको कमेडी च्याम्पियन्स २ को सुटिङ पनि एक साताका लागि सरेको छ।

एक जना प्रतियोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुटिङ सरेको आयोजकले जनाएको छ।

शोले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् एक जना प्रतियोगीमा संक्रमण देखिएको जानकारी दिएको हो।

‘कमेडी च्याम्पियन २ का एक प्रतियोगीमा कोरोना संक्रमण देखिएका कारण सावधानी अपनाउँदै यो हप्ता हुने टप ९ को छायांकन एक साता पछाडि सार्ने निर्णय गरिएको छ,’ च्याम्पियन्स शोले फेसबुकमा लेखेको  छ, ‘टिमका बाँकी सदस्यको पनि परीक्षण जारी छ र क्वारेन्टिन तथा आइसोलेसनको पनि उचित व्यवस्था गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *