

आगामी तीनसाताका लागि देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको आज बिहान बालुवाटारमा बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् ।
पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै संक्रमित दर पनि अत्याधिक मात्रामा बढ्दै गएको छ ।
सरकारले यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।
बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।