

सेयर बजारमा गिरावट, परिसूचक २६ सय ९९.५१ बिन्दुमा

काठमाडौं – आइतबार सेयर बजारमा ३५.८९ अंकको गिरावट आएको छ । बजार राताम्मे देखिएको छ । आज म्युचुअल फण्ड बाहेक सबै समूहमा गिरावट आएको छ । म्युचुअल फण्ड भने ०.०६ अंकले बढेको छ ।
आइतबारको बजारमा ८ अर्ब ८० करोड भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से परिसूचक २६९९.५१ बिन्दुमा अडिएको छ । २७ सय भन्दा माथि पुगेको बजार आइतबार ब्याक हुँदै तल झरेको छ ।
घटेको बजारमा सबैभन्दा बढी महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य बढेको छ । ९.९३ प्रतिशतले बढेको महिलाको सेयर मूल्य १ हजार ३ सय २८ पुगेको छ । केही समय अघिमात्र दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाइफ इन्सुरेन्सको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । यसको सेयर मूल्य ६ सय २१ रुपैयाँ पुगेको छ ।
यता सबैभन्दा धेरै सेयर कारोबार भने एभरेष्ट बैंकको भएको छ । यसको ८७ करोड ६२ लाख भन्दा बढीको सेयर कारोबार भएको हो । दोस्रो बढी मूल्यको सेयर कारोबार हुनेमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था रहेको छ ।