

त्रिकोणात्मक टि-२०: नेदरल्याण्ड्सकाे शानदार जित

काठमाडाैं – त्रिकोणात्मक टि-२० क्रिकेट अन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्स जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको हो । १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७६ रन जोड्यो।
त्यसअघि नेदरल्याण्ड्सका लागी म्याक्स ओदाउदले शानदार ब्याटिङ गर्दै अविजित १ सय ३३ रन बनाए। उनले ७३ बलमा ६ छक्का र १५ चौका प्रहार गरेका थिए। सोमबार हुने खेलमा नेपालले मलेसिया भिड्ने छ ।