

प्रिमियर लिगका ६ क्लबकाे सहमतिमा युरोपा सुपर लिगको घोषणा

काठमाडौं – प्रिमियर लिगका ६ क्लबले सहमति जनाएसँगै युरोपा सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिता घोषणा भएको छ ।
१२ क्लबको सहभागिता रहने गरि प्रतियोगिताको घोषणा गरिएको हो । युरोपाका १२ क्लबले आइतबार आफ्नो नेत्रित्व रहने गरी युरोपियन सुपर लिगको घोषणा गरेका हुन् ।
प्रतियोगितामा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् । त्यस्तै ला लिगाका बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड रहने छन् ।
यता इटालियन सिरी एबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् । ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने छन् ।
यता, ईएसएलले घोषणा गरेको नयाँ प्रतियोगिताका लागि फिफा र यूईएफएले भने सहमति दिन नसक्ने आकलन गरिएको छ । फिफाले यसअघि नै प्रतियोगिताको घोषणा नगर्न बताएको थियो ।