९ महिना गर्भमा राखेर संसार देखाएकी आमालाई ठगेपछि…



काठमाडौं । शोभा रिजाल । ८५ वर्षको उमेरमा ९ महिना कोखमा राखेर संसार देखाएकी छोरीविरुद्ध मुद्दा हाल्न काठमाडौं प्रहरी परिसर पुग्नु पर्ने बाध्यता । संसार अचम्म छ, जसलाई ९/९ महिनासम्म गर्भमा राखेर जन्म दिइन्छ, त्यही सन्तानले प्रहरी र अदालतको सहारा लिनुपर्ने बाध्यता बनाउँछ ।

ऊ बेलाको जमाना, छोरा र छोरीमा ठूलो भेदभाव राख्ने समाज तर  शोभाले सुष्मा छोरासरह ठान्दै हुर्काइन् शिक्षादिक्षा दिइन् र नेपालकै उत्कृष्ट जागिरका लागि योग्य बनाइन् । त्यसका लागि सुष्माले मिहेनत गरे पनि योगदान र देन भने शोभा कै थियो ।

तर, बिचरा शोभालाई के थाहा थियो र, उनकै कोखीको घाउ पछि उनीमाथि नै कुदृष्टी राख्दै सडकमा पुर्याउँछिन् भन्ने ? तर भयो त्यस्तै । छोरी सुष्माले आमाको हेरचाह गर्ने भन्ने विभिन्न बैंकहरुबाट करिब ३ करोड भन्दा धेरै सम्पत्ति हत्याएपछि आमालाई बेवास्ता गरे पछि, बाध्य भई शोभा महानगरीय प्रहरी परिसरमा उजुरी दिनका लागि ।

अनि प्रहरीले अनुसन्धान गरी नेपाल राष्ट्र बैंक जस्तो गरिमामय संस्थामा निर्देशक जस्तो उच्च पदस्थ सुष्मालाई पक्राउ गर्यो, अनुसन्धान गर्यो अनि अदालतको जिम्मा लगायो । अन्ततः काठमाडौं जिल्ला अदालतले सुष्माको दोष रहेको निर्क्योल गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी रेग्मीलाई न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले रेग्मीलाई थुनामा पठाउने आदेश गरेको हो । उनलाई पुर्पक्षको लागि जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृह थुनामा पठाइएको छ ।