

नेपाल सुपर लिग: खेल तालिका सार्वजनिक, काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं – नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’ को खेल तालिका सार्वजनिक भएको छ ।
वैशाख ११ गतेदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्ने भएका छन् । प्रतियोगितामा वैशाख २६ गतेसम्म लिग चरणका खेल हुनेछन ।
त्यसपछि वैशाख २८ गते पहिलो क्वालिफायर्स हुनेछ भने २९ गते दोस्रो क्वालिफायर्स हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठको एक गते हुने भएको छ ।
प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, एफसी चितवन र धनगढी एफसीको सहभागिता रहनेछ ।
खेल तालिका :