

आँधीका कारण अष्ट्रेलियाकाे कलबरी शहरका सर्वसाधारण प्रभावित

क्यानबेरा – ‘सेरोजा’ नामक आँधीका कारण अष्ट्रेलियाको पश्चिमी तटका अधिकांश क्षेत्र प्रभावित भएका छन् । भारी वर्षापछि आएको तुफान र पहिरोका कारण अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा रहेको कलबरी शहरका अधिकांश घरहरु क्षतिग्रस्त भएका छन् ।
प्रतिघण्टा १ सय ५ माइलका दरले आएको आँधीका कारण दर्जनौ सवारीसाधनहरु नष्ट भएका छन् । आँधीले ठाउँ ठाउँमा बिजुलीका पोल ढालेकाले बिजुली आपूर्ति बन्द भएपछि सो क्षेत्रका अधिकांश जनता अँध्यारोमा बस्न बाध्य भएका छन् ।
कलबरी शहरका राज्य प्रमुख मार्क मैकगोवनले आँधी शक्तिशाली भएकाले सचेत र सावधानी अपनाउन सर्वसाधारणमा अपील गरेका छन् । यसअघि गत महिना पनि अष्ट्रेलियामा आएको आँधी र बाढीपहिरोले १८ हजार घरपरिवार बिस्थापित भएका थिए । एजेन्सी