

आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स भिड्दै

काठमाडौं – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार (आज) सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ ।
कोलकत्ताको कप्तानी इयान मोर्गन र हैदरावादको कप्तानी डेभिड वार्नरले गर्ने छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो ।
२०१८ मा हैदरावाद चेन्नेईसँग पराजित हुँदै उप विजेता बनेको थियो । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको थियो ।
चेन्नेईले दिएको एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो । यो जितपछि गत वर्षको उपविजेता दिल्लीले आइपीएलमा सुखद सुरुवात गरेको छ ।