

भारतमा कोरोनाका ९ लाख भन्दा बढी सक्रिय संक्रमित

नयाँदिल्ली – भारतको कोरोना भाइरस संक्रमण भयावह रुपमा विस्तार हुँदै गएको छ । द्रुत गतिमा संक्रमण फैलिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख नाघेको छ ।
गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको संख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।
भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाको कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।
दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बिरामीको बढ्दो संख्यालाई मध्यनजर गर्दै तीन दिनमा दुई हजार शैंया थप गरिएको बताएका छन् । यसैबीच कोरोना महामारीका कारण महाराष्ट्रमा कक्षा ११ को परीक्षा नहुने भएको छ । परीक्षा नलिइकन १२ कक्षामा विद्यार्थीलाई पठाइने त्यहाँका शिक्षा मन्त्रीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।