

भारतमा १७ हजार भन्दा बढीको मृत्यु, हालसम्म ५ लाख ८५ हजार संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण हालसम्म १७ हजार ४ सय १० जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनमा संक्रमित र मृतकको संख्या बढ्दै गएको भारतमा कोरोनाका कारण हालसम्म ५ लाख ८५ हजार ७ सय ९२ जना संक्रमित पुगेका छन् ।
पछिल्लो तथ्यांकअनुसार एकै दिन ज्यान गुमाउनेको संख्या ५ सय ६ पुगेको छ । पछिल्लो २४ घन्टामा ५ सय ६ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म १७ हजार ४ सय १० जनाको मृत्यु भइसकेको छ ।
पछिल्ला दिनमा भारतमा तीब्रगतिमा कोरोना भाइरसका कारण संक्रमितका बिरामीहरु देखिएको छ । हालसम्म भारतमा ५ लाख ८५ हजार ७ सय ९२ जना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा मात्र भारतमा १८ हजार २ सय ५६ जना नयाँ संक्रमित देखिएका छन् ।
हालसम्म ८६ लाख ८ हजार ६ सय ५४ जनाको परिक्षण गरिएको भारतमा ३ लाख ४७ हजार ८ सय ३६ जना उपचार पछि निको भइसकेका छन् भने २ लाख २० हजार ५ सय ४६ सक्रिय बिरामी रहेका छन् ।
हालसम्म विश्वभर १ करोड ५ लाख ७७ हजार ७ सय ५६ संक्रमित छन् भने ५ लाख १३ हजार १ सय ८६ जनाको मृत्यु भइसकेको छ ।