

स्रोत नखुलेको ४३ लाख र छडके तिलहरीसहित नागढुङगाबाट १ जना पक्राउ

काठमाडौं – काठमाडौँ प्रहरीले शनिबार साँझ ८ बजे दाङबाट आएको यात्रुबाहक बसबाट ४३ लाख रुपैयाँ नगद र नौथान तिलहरी बरामद गरेको छ । नागढुंगा चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाडौँ तर्फ आउदै गरेको प्रदेश नम्बर ३-०१-००- ६ ख ०९१२ नम्बरको यात्रु बाहक बसको प्यासेजमा कार्टुनमा कार्टुन टेपले पुरै बेरिएको अवस्थामा रकम बरामद भएको हो ।
कार्टुन भित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र नेपाली बिनिमय हजार दरको १००० (हजार दर) को ३९०० (उन्नाचालीस) थान र नेपाली ५०० (पाँच सयदरको) ८०० (आठ सय) थान गरी त्रिचालिस लाख रूपैयाँ फेला परेको हो ।
प्रहरीले सोधपुछ गर्दा उक्त रकम तथा सामान जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–५ सन्दिप कौशलको रहेको खुलेको थियो । प्रहरीले बरामद रकम र पक्राउ परेका कौशलका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।