

दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले ना१९प ८९६ नंको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–५ का २४ वर्षीय अनिष खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारका अनुसार कन्टेनरको ठक्करबाट सोही दुर्घटनामा परी कन्टेनर मालिक भीमफेदी–२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् ।
घाइतेमध्ये कन्टेनर मालिक घलानको हेटौँडा चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । अर्का घाइते कन्टेनर चालक विष्टको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।