

जोर्डनका पूर्व राजकुमार हुसैन नजरबन्दमा

काठमाडौं – जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय सुनाइएको हो ।
राजकुमार हमजाले आफुमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । जोर्डनको सैन्य बलका चीफ अफ स्टाफ आफनो घरमा आई घरबाट बाहिर ननिस्कन, कोही ब्यक्तिहरुसँग भेटघाट गर्न नपाईने गरी रोक लगाउँदै नजरबन्दमा पारिएको उनको भनाई छ ।
देशमा अराजक स्थिति निम्तेको आफूलाई भान परेता पनि यसबारेमा आफुले कतै अभिब्यक्ति नदिएको दावी गर्दै हमजाले आफुमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन । यसअघि यही आरोपमा देशका उच्च तहका राजनैतिक दलका नेताहरु पक्राउ परिसकेका छन् ।
यसअघि कोरोना भाइरसको महामारीसँगै जोर्डनमा शक्तिशाली खुफिया एजेन्सी सक्रिय भएको भन्दै मानवअधिकार संगठनले बिरोध गर्दै आएको थियो । राजकुमार किगं अबदुल्लाहका सौतेनी दाई हमजालाई सन् १९९९ मा जोर्डनको राजकुमारको उपाधी दिइएकोमा किगं अबदुल्लाहले सन् २००४ मा उनको उपाधि खोसेका थिए । एजेन्सी