नेप्से १२ अंकले बढ्दा ७ अर्ब माथिको कारोबार



काठमाडौं – कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समय सम्म आउँदा दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २६३१ दशमलव ८९ अंकको विन्दुमा कायम भएको छ ।

आज होटल टुरिजम, जीवन बीमा, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ।आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ४३ लाख ९० हजार ४ सय ४७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २५ करोड रुपैयाँको शेयर करोबार भएको छ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ। आज खपर तामाकोशीको २९ करोड ५६ हजार रुपैयाँको शेयर करोबार भएको छ । एचआईडीसिएलको २४ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, साञ्जेल जलविधु्त्का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने युनाईटेड फाइनान्स र लगाीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक कारोबार भएको एचआईडिसिएलका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतका दरले गुमाएक छन् भने सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।