शेयर बजार सम्बन्धी वर्कशप तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं – प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुका लागि शेयर बजार सम्बन्धी वर्कशप सम्पन्न गरेको छ ।
क्यापिटलले शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कशप तथा तालिम विधार्थीहरुलाई दिएको थियो । कार्यक्रम चैत्र १७ गते शुरु भएको कार्यक्रम चैत्र १९ गते सम्म ३ दिन चलेको थियो।
सो वर्कशप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
उक्त वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेको थियो ।