नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु, नेपाल पक्षीय सांसद् अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

बालुवाटार स्रोतका अनुसार बैठकले अहिलेको सरकारलाई कसरी जोगाउने भन्ने विषयमा निर्णय लिनेछ भने पार्टीमा भेलाका नाममा भइरहेका माधवकुमार नेपाल, झलनाथ खनाल पक्षले गरेको कार्यक्रमको समिक्षा गर्नेछ।

राष्ट्रिय भेला जारी रहेका बेला भएको संसदीय दलको बैठकमा ४४ जना सांसद गयल भएको बालुवाटार स्रोतले जनाएको छ। खासगरी नेपाल पक्षमा सांसदले विद्रोह गरे पनि बालुवाटारमा उपस्थिति भने जनाएका छैनन्।

नेकपा संसदीय दल १२१ सदस्यीय रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *