

नवनियुक्त विकास बोर्ड अध्यक्षलाई फिल्म सोसाइटीको शुभकामना

काठमाडौँ । नेपाल फिल्म सोसाइटीले चलचित्र विकास बोर्डका नवनियुक्ति अध्यक्ष दयाराम दाहाललाई भेटेका छन् । दाहाललाई बधाई तथा शुभकामना दिनका लागि सोसाइटीका कृष्ण मल्लले नवनियुक्त अध्यक्ष दयाराम दाहालको कार्यकालमा समग्र चलचित्र क्षेत्रको बिकाश विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमी सहित उपलब्धी गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कोभिड–१९ तथा लकडाउनले थला परेको चलचित्र उधोगलाइ चलायमान बनाउन, चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको चलचित्र क्षेत्रलाइ पुनस् संचालन गर्न समेत उनले नबनियुक्त अध्यक्षलाइ सुझाब दिएका थिए भने नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन तथा बिस्तार गर्न विभिन्न देशका राजदुताबासको सहयोगमा चलचित्र दुत नियुक्त गर्नु पर्ने समेत उनले बताए ।
उक्त अवसरमा नवनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी लामो समयदेखि आफु पनि चलचित्र उद्योगमा काम गरेकोले चलचित्रकर्मीहरुको दुःख पिडा बुझेको हुँदा आफ्नो कार्यकालमा चलचित्र क्षेत्रको उत्थानमा लागि पर्ने र यस विषम परिस्थितिमा सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गरि चलचित्रसँग सम्बिन्धित कुनै पनि संघसंस्था माथि हस्तक्षेप नगरी चलचित्र उद्योगलाई नयाँ उचाईमा पु¥याउने दाहालले बताए ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा, बरिष्ट चलचित्रकर्मीहरु अशोक शर्मा, उज्जल घिमिरे, नेपाल फिल्म सोसाइटिका नायक निर्माता मदु कुमार श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एस के श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, निर्माता सुभाष थापा, संचारकर्मी सुर्य चन्दलगायतका व्यक्तित्वको उपस्थितिमा चलचित्र बिकाश बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाल तथा पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा, लायन्स क्लबका विभिन्न पदमा पदोन्नोति भएका लायन मोहन कृष्ण श्रेष्ठ , राजेश बिशुराल, शुभाष खड्का, टंक पौडेल र सन्तोष कार्कीलाइ समेत बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान गरिएको थियो ।