नेपाल इपानको नयाँ नेतृत्व निर्वाचनमा आचार्य प्यानल बलियो



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को सोमबार हुने निर्वाचनमा सफल ऊर्जा व्यवसायी कृष्णप्रसाद आचार्य समूह निकै बलियो देखिएको छ ।

संस्थामा लामो समय काम गरेको अनुभव नभएका सूर्यप्रसाद अधिकारीले अध्यक्षमा आचार्यलाई चुनौति दिएका छन् । तर अधिकारीले पुरै प्यानल समेत उठाउन सकेका छैनन् । आचार्यको समूहको उपाध्यक्षमा गणेश कार्की, कुमार पाण्डे र आशिश गर्ग, महासचिवमा मोहन डाँगी र कोषाध्यक्षमा सुधिर प्रसाद तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।

आचार्य समूहबाट सचिवमा आनन्द चौधरी, हिम पाठक र रामप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै, सदस्यहरुमा कविता पोखरेल, इन्दिरा पन्त, भरतकुमार खड्का, नरेन्द्रवल्लभ पन्त, मोहनबिक्रम कार्की र प्रकाश श्रेष्ठ उम्मेदवार बनेका छन् ।

 डेढ मेगावाट क्षमताको जलविद्युत आयोजना वाराही हाइड्रो पावरमार्फत निर्माण गरिरहेका अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनको समूहमा भरत खत्री, बलराम खतिवडा र उत्तम ब्लोनले उपाध्यक्षमा र गोरे शेर्पाले महासचिवमा उम्मेदवारी दिएका छन् ।

अधिकारीको समूहबाट भरत लामिछाने थापा र प्रकाश दुलाले सचिवमा उम्मेदावारी दिएका छन् । यो समूहबाट सदस्यमा अभिज्ञा मल्ल, सुमनकुमार जोशी, मिथुन सिपी पौडेल, विक्रम विष्ट, जितमान श्रेष्ठ र केशाङ डिकी लामाले सदस्यमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका आचार्यको प्यानलमा परेका उपाध्यक्षका उम्मेदवार गणेश कार्की नेपालको जलविद्युतको क्षेत्रमा चर्चित नाम हो । उनले चर्चा मात्र होइन, करिव १२ वटा कम्पनी मार्फत दुई दर्जन बढी जलविद्युत अयोजनामा लगानी गरेर सफलता पाईसकेका छन् ।

दोलखामा निर्माण सम्पन्न हुनै लागेको सिँगटी जलविद्युत आयोजनाका संचालक कार्की जलबिद्युत आयोजनाको सामग्रीका आपूर्तीकर्ता समेत हुन् । आचार्यको प्यानलमा रहेका महासचिवमा उम्मेदवार मोहन डाँगी पनि सफल व्यवसायी हुन् । उनी संचालक रहेको तेह्रथुम जलविद्युत कम्पनिले खोरंगा खोला आयोजनाको निर्माण सम्पन्न गरी सकेका छन् ।

उनले कावेली जलविद्युतमा समेत लगानी गरीसकेका छन् । अध्यक्षका प्रत्यासी अधिकारीको वाराही जलविद्युत कम्पनी रुग्ण उद्योगमा पर्छ । उनको समूहमा जलविद्युतको क्षेत्रमा सफलता पाउन नसकेका र भर्खरै यो व्यवसायमा लागेकहरुको बाहुल्यता छ ।

आचार्यको समूहमा पुरानै र अनुभवी व्यवसायीको बाहुल्यता भएको आरोप लगाउँदै अधिकारीले आफूसहित प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका थिए । एक सय ७४ जना मतदाता रहेको इपानमा एक व्यक्तिसँग एकदेखि १२ वटासम्म मत हाल्ने अधिकार रहेको छ ।

एक जलविद्युत कम्पनीको एक जना सदस्य मतदाता हुने भएकाले १२ वटा जलविद्युत आयोजनाको संचालक भएका व्यक्तिसाग संस्थागत प्रतिनिधित्वको हैसियतले १२ वटासम्म मत हाल्ने अधिकार रहेको छ । अध्यक्षका उम्मेदवार आचार्य काश्कीका सफल व्यवसायी हुन भने उपाध्यक्षका उम्मेदवार गणेश कार्की झापा स्थायी घर भएका व्यवसायी हुन् ।

त्यस्तै महासचिवका उम्मेदवार डाँगी तेह्रथुम घर भएर सफल युवा व्यवसायी हुन् । महासचिवका उम्मेदवार डाँगीले निजी क्षेत्रका जलविद्युत आयोजनाले ट्रान्समिटिङ लाइन समयमै निर्माण नहुँदा उत्पादित विद्युत विक्री गर्न नपाएको, उत्पादन लागत बढी हुने गरेको, प्राविधिक कठीनाई हुने गरेको र प्राविधिक समस्यालाई समाधान गर्न नसक्दा लगानीमा जोखिम बढेको भन्दै त्यसको समाधान गर्न आफ्नो समूह सक्षम रहेको दाबी गरे ।

 उपाध्यक्षका उम्मेदवार गणेश कार्कीले विद्युत उत्पादनमा देखिएका प्रशासनिक, प्राविधिक र आर्थिक झन्जटबाट मुक्ति दिलाउन र उत्पादित विद्युतको खपत पढाउने तथा विदेशमा बिक्री गर्न सम्भावनाको खोजीको लागि आफ्नो समूहले सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।