

प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान शुरु
काठमाडौं – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजनकर्ताहरुले प्यालेस्टाइन क्षेत्रहरुमा भएको युद्ध अपराधको औपचारिक अनुसन्धान थालेका छन् । मुख्य अभियोजनकर्ता फत्तू बेनसौदाले सन् २०१४ मा इजरायलले कब्जा गरेको पश्चिम तटीय क्षेत्र, पूर्वी जेरुसेलम र गाजापट्टीमा भएका घटनाबारे छानविन हुने बताएका हुन् ।
गत महिना अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगले सो क्षेत्रमा भएका आपराधिक गतिविधिहरुको थप अनुसन्धान गर्न आदेश दिएसँगै सो प्रक्रिया अघि बढाइने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आईसीसीसँग नरसंहार, मानवता विरुद्धको अपराध र युद्ध अपराधसम्बन्धी अभियोजनमा मुद्दा दायर गर्ने अधिकार छ ।
इजरायलले रोम विधान अनुमोदन नगरेपनि सोसम्बन्धी मुद्दा अघि बढाइने अधिकारीहरुले जनाएका छन् । इजरायलले सन् १९६७ देखि मध्यपूर्वको युछमा वेस्ट बैंक, गाजा र पूर्वी जुरुसेलमलाई नियन्त्रणमा लिएपछि स्वामित्व विवाद बढेको छ । एजेन्सी