

परस्त्रीसँगको यौन भिडियो बाहिरिएपछि खुस्कियो मन्त्री पद

काठमाडौं – भारतको कर्नाटक राज्यका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको बताएका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ ।
उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । यसअघि जरकीहोलीमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।
जारकीहोली एक महिलासँग सम्भोगरत सीडी सार्वजनिक भएपछि हंगामा मच्चिएको हो । सामाजिक कार्यकर्ता दिनेश कल्लाहल्लीले सीडी सार्वजनिक गर्दै रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकीहोलीले महिलाको यौन शोषण गरेको आरोप लगाएका छन् ।
भारतीय पत्रिका अमर उजालाका अनुसार यो काण्ड सार्वजनिक भएपछि विपक्षी दल भारतीय कांग्रेसले मन्त्रीको राजीनामा मागेको थियो । एजेन्सी