पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरू

मकवानपुर – वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि हेटौँडा उपमहानगरपालिकाव्यापी नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २२ गतेसम्म हेटौँडा उपमहानगरपालिकाका वडाबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

विसं २०७२ को विनाशकारी भूकम्पमा परी निधन भएका नेपाली खेलकूद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप प्रतिष्ठानले विगत तीन वर्षदेखि हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *