

बाघले आक्रमण गरी बेपत्ता बनाएका लालबहादुरको शव भेटियो

बर्दिया – बर्दियामा भैंसी चराउन गएका एक पुरुषलाई बाघले झम्टिएर लगेको छ । बर्दिया राजापुर–१० का एक व्यक्तिलाई भैंसी चराउन गएका बेला बाघले झम्टिएर लगेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भैंसी चराउन गएका बेला एक पुरुषलाई बाघले लगेको जानकारी दिए । हात्तीको सहारामा उनको खोजी गरिएको प्रहरीले जानकारी दिएको छ । राजापुर–१० का लालबहादुर थारु भैँसी चराउन गएका बेला बाघले झम्टिएको थियो ।
राति नै उनको शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि पुस १७ गते बर्दियामा एक महिलालाई मोटरसाइकलमा यात्रा गर्दै गरेका बेला पछाडिबाट झम्टिएर लगेको थियो ।