डिएसपी श्रीमल बने मंसिर महिनाको ‘पुलिस अफ द मन्थ’

काठमाडाैं । प्रहरी बृत्त गौशालाका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश श्रीमल मंसिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्य निष्ठ एवं अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै डीएसपी श्रीमललाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

काठमाडौँ जिल्लाका प्रहरी प्रमुख एसएसपी रमेश थापाले प्रशंसापत्र प्रदान गरे ।

प्रशंसापत्रमा भनिएको छ, ‘सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्दिमा तपाइले पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८२ साल मंसिर महिनाको पुलिस अफ द मन्थ को रूपमा यो प्रशंसा-पत्र प्रदान गरिएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *