एसएसपी गिरीविरूद्ध नक्कली सर्टिफिकेट बुझाएको आरोपमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा उनलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा आरोपपत्र दायर गरेको हो।

अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतकाे बिहार परीक्षा बाेर्ड, पटनाबाट प्राप्त गरेको एसएससीकाे प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ। सो प्रमाणपत्र प्रयोग गरी उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ तथा २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पाेस्ट बेसिक ब्याचलर इन नर्सिङको योग्यतासमेत प्राप्त गरेको देखिएको छ।

त्यसका आधारमा गिरीले नक्कली प्रमाणपत्र पेश गरी २०५२/०९/१६ मा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिएका थिए। त्यसपछि उनले झुट्टा प्रमाणपत्रको आधारमा हालको प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म बढुवा लिएका साथै विभिन्न तालिम र सुविधा समेत प्राप्त गरेको देखिएको छ।

आयोगले उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९, साथै प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार दण्ड गर्न माग गर्दै आरोपपत्र दायर गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *