इन्स्पेक्टर सपना बनिन् जिल्लाकै उत्कृष्ट प्रहरी

सिन्धुली । प्रहरी निरिक्षक (इस्पेक्टर) सपना खड्का मंसिर महिनाका उत्कृष्ट प्रहरी घोषित भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत इन्स्पेक्टर खड्कालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रभावकारी र सहासिक कार्य गरेको भन्दै मंसिर महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरेको हो ।

इन्स्पेक्टर खड्काको कमाण्डमा जिल्लाभित्रका अवैध भरुवा बुन्दुकसहित व्यक्ति तथा विभिन्न कसुरमा फरार ५ जना प्रतिवादी पक्राउ परेका छन् । साथै उनले अपराध अनुसन्धानमा उत्कृष्ट भूमिका निर्वाह गरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *