रास्वपामा पहिरो, प्रमुख सचेतक परियारले छाडे पार्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेको छन् ।
राजीनामासँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् । विघटित प्रतिनिधिसभामा परियार पार्टीका प्रमुख सचेतक थिए ।
यसअघि रास्वपाकी तत्कालिन सहमहामन्त्री सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन् । त्यसका साथै रास्वपा पार्टी कार्यालयका घरधनीले पनि पार्टी छाडेको घोषणा गरेका छन् ।
यसबाट पछिल्लो समय रास्वपाप्रति वितृष्णा देखिँदै आएको पुष्टी भएको छ ।

